• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • जहाजमा स्याल ठोक्किएपछि बुद्ध एयरले गरायो उड्डयन प्राधिकरणको ध्यानाकर्षण
समाचार

जहाजमा स्याल ठोक्किएपछि बुद्ध एयरले गरायो उड्डयन प्राधिकरणको ध्यानाकर्षण

  • सिधा दृष्टी बिहिबार, मंसिर ९, २०७८ | November 25, 2021

नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा आफ्नो जहाजमा बुधबार स्याल ठोक्किएपछि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
कम्पनीले घटनाबारे विज्ञप्ति निकाल्दै पहिले पनि यस किसिमको घटना हुँदै आएकाले त्यसको निवारण गर्न एयरले माग गरेको हो। बुधबार काठमाडौंबाट नेपालगञ्जको उडान नं. ४०७, कल साइन ९एन एजेएक्स जहाज अतवरण गर्ने क्रममा स्यालसँग ठोक्किन पुग्दा जहाजमा सामान्य क्षति पुगेको थियो।
Real Shoes 1

cxmmr5t8 oygrvhab hcukyx3x c1et5uql ii04i59q">

सो क्रममा चालक दलसहित सबै यात्रुहरु सुरक्षित रहेका थिए।‘नेपालगञ्जमा रहेका यात्रुहरुलाई लिनका लागि काठमाडौंबाट छुट्टै खाली जहाज पठाएका थियौँ, बुद्ध एयरले भनेको छ, ‘नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिला पनि भएको र हाल बारम्बार देखिएको हुँदा सम्बन्धित सबै निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। भविष्यमा यस किसिमको दुर्घटना दोहोरिन नदिन सबै उपायहरु अवलम्बनका लागि पनि अनुरोध गर्दछौँ।’
यसअघि गत कात्तिक १६ गते पनि सोही विमानस्थलमा सीता एयरको जहाज अवतरणको क्रममा तीनवटा बँदेलसँग ठोक्किएको थियो। चालकदलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको थियो।
त्यतिबेला पनि जहाजमा सवार सबै यात्रु र चालकदलका सदस्य सकुशल रहेका थिए। तर बारम्बार घटना दोहोरिए पनि प्राधिकरणले विमानस्थलको भरपर्दो सुरक्षा व्यवस्था गर्न सकेको छैन। उक्त घटनापछि केही समय उडान नै प्रभावित हुन पुगेको थियो।
विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेलाबेलामा बँदेल, स्याललगायत जंगली जनावर जहाजसँग ठोक्किने गरेका छन्। तर त्यसको यथोचित प्रबन्ध मिलाउन प्राधिकरणले चासो नै दिएको छैन।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने

काठमाडौं : कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन- नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य

  • १८ घन्टा अघि
हिपत खबर
समाचार
महिलाहरुलाई केन्द्रीय सदस्यमा मात्रै सीमित पारिएको भन्दै तुम्बाहाङफेको आपत्ति

काठमाडौं – नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
एमालेको विधान

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
बद्री पाण्डेले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा सोमबार पत्रकार भेटघाट आयोजना गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनपश्चात गंगालाल अस्पतालले पीसीआर परिक्षण शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीले

  • २४ घन्टा अघि
हिपत खबर
समाचार
नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने

काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा. सुनिल

  • १ दिन अघि
हिपत खबर
समाचार
राजेन्द्र लिङ्देनका लागि भोट माग्दै नायिका रेखा थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको सुरु हुन लागेको केन्द्रीय एकता महाधिवेशनमा अध्यक्ष पदका लागि धमाधम उम्मेदवारी घोषणा हुँदैछ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका राजेन्द्र लिङ्देनले

  • १ दिन अघि
हिपत खबर
समाचार
ओलीको केन्द्रीय सदस्य सूचीमा कोमल वलीदेखि मोती दुगडसम्म

एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् ।

  • १ दिन अघि
हिपत खबर
समाचार
प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले

  • १ दिन अघि