• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • आर्थिक
  • १०४ प्रतिशतभन्दा बढीले वृद्धि भयो नेपालको निर्यात व्यापार
आर्थिक

१०४ प्रतिशतभन्दा बढीले वृद्धि भयो नेपालको निर्यात व्यापार

  • सिधा दृष्टी बिहिबार, मंसिर ९, २०७८ | November 25, 2021

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालको निर्यात व्यापारमा उत्साहजनक वृद्धि भएको छ । भन्सार विभागका अनुसार २०७८ साउन, भदौ, असोज र कात्तिकमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजार रुपैयाँको वस्तु विश्वका बिभिन्न देशमा निर्यात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले मात्र ४० अर्ब २० करोड ६४ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो चार

Real Shoes 1

महिनामा नेपालको निर्यात व्यापार १०४.२९ प्रतिशतले वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आयात व्यापारमा समेत वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालले विश्वका विभिन्न देशबाट ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार रुपैयाँको वस्तुहरू आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले बिभिन्न देशबाट ४ खर्ब २ अर्ब ४९ करोड १ लाख ७८ हजार रुपैयाँको वस्तु आयातनिर्यात गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आयात व्यापार ६१.५७ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको व्यापार घाटा ५६.८३ प्रतिशतले वृद्धि भएको विभागको तथ्याङ्कले देखाउँछ ।
चालू आर्थिक वर्ष २०७८/७८ को साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालले ५ खर्ब ६८ अर्ब १७ करोड १८ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड १ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालको कूल वैदेशिक व्यापार ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ४२ अर्ब ६९ करोड २ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको सुरुवाती चार महिनामा नेपालको कुल वैदेशिक व्यापार ६५.४५ प्रतिशतले वृद्धि भएको छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
आर्थिक
सुनको मूल्य एक सयले घटेर तोलाको ९२ हजार कायम

सोमबार सुनको मूल्य एक सयले घटेर तोलाको ९२ हजार कायम भएको छ। अघिल्लो दिन सुन ९२ हजार एकसयमा कारोबार भएको थियो।
आज चाँदीको

  • २३ घन्टा अघि
हिपत खबर
आर्थिक
घट्यो सुनको भाउ

काठमाडौं- सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ७ सय मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला

  • ४ दिन अघि
हिपत खबर
आर्थिक
सामान्य अंकले बढ्यो नेप्से, यस्तो छ अन्य सूचक

साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार एक दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४

  • ६ दिन अघि
हिपत खबर
आर्थिक
सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेको छ

काठमाडौं- सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले

  • ७ दिन अघि
हिपत खबर
आर्थिक
नेप्सेमा ११.६० अङ्कको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा ११.६० अङ्कको गिरावट हुँदा २७५७.५३ अङ्कमा बन्द भएको छ ।
  • १ हप्ता अघि
  • हिपत खबर
    आर्थिक
    हस्तकला व्यवसायको प्रवर्द्धनमा नबिल बैंक

    काठमाडौं । १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिता काठमाडौंस्थित होटेल ह्यातमा जारी छ । मेलामा नेपाली मौलिक कला, संस्कृति झल्काउने हस्तकलाका सामग्री राखिएका छन् । नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला व्यापार मेला र प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

    • १ हप्ता अघि
    हिपत खबर
    आर्थिक
    नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० तोकिएको छ ।
    साताको पहिलो कारोबार दिन हिजो प्रतितोला

    • १ हप्ता अघि
    हिपत खबर
    समाचार
    उकालो लाग्दै मूल्यवृद्धि : उपभोक्तालाई धान्नै धौधौ

    काठमाडौं । पछिल्लो समय महँगी यतिसम्म बढेको छ कि सामान्य व्यक्तिलाई गुजारा चलाउनै धौधौ भएको छ ।

    अहिले बजारमा दैनिक उपभोग्य वस्तु दाल, चामल, घिउ, तेल, साबुन, सर्फलगायतका वस्तुहरूमा मूल्य बढेर छोई नसक्नु भएको छ । त्यसैमाथि तरकारी तथा

    • १ हप्ता अघि
    हिपत खबर
    आर्थिक
    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम भएको छ । सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार

    • २ हप्ता अघि
    हिपत खबर
    आर्थिक
    आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम

    काठमाडाैँ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार

    • ३ हप्ता अघि