अन्तर्गत भइरहेको महाधिवेशन प्रतिनिधिमा काठमाडौं क्षेत्र नम्बर ७ बाट आमा छोरा निर्विरोध चयन भएका हुन् ।
काठमाडौं ७ बाट आदिवासी जनजाति तथा महिलासँगै दलित कोटा गरी आफ्नो कोटाबाट सिंहद्धयसँगै ६ जना निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
अन्य चुनिएकामा प्रमिला सिंह डंगोल, इन्द्रलाल सिंह, पुष्पमान मानन्धर र कविता दास हुन् ।
सिर्जना र प्रमिला महिला, प्रभाशमान, इन्द्रलाल र पुष्पमान आदिवासी जनजातिबाट तथा कविता दास दलित कोटाबाट निर्विरोध भएका हुन् ।
आज महाधिवेश प्रतिनिधिसँगै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको महासमिति पनि चयन हुनेछ । उक्त क्रममा क्षेत्रीय सदस्यहरु पनि निर्विरोध भएका छन् । कार्यसमितिका पदाधिकारीको टुङ्गो भने मतदानबाटै हुनेछ ।
नेता सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर संस्थापन इतर समूहबाट अन्तिममा एक जनामात्र सभापतिको उम्मेदवार हुने बताइरहँदा समीकरणमा हेरफेर हुन सक्ने आँकलन गरिएको छ ।