काठमाडौं-संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री देउवालाई बुधबार बिहान बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
माग सम्बोधन गरिने भन्दै विद्यार्थी संगठनका नेताहरूलाई ढुक्क रहन आग्रह गरेको अखिल९क्रान्तिकारी०की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन । उनका अनुसार प्रधानमन्त्रीले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने आश्वासन प्रधानमन्त्रीले दिएको उनले बताइन् ।
ज्ञापन–पत्रमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही ,मोहन वैद्य निकट अखिल (क्रान्तिकारी)अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेको ज्ञपनपत्र वुझाइएको छ ।