बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रामेछापमा बालिका बलात्कारको आरोपमा ७२ वर्षीय एक वृद्ध पक्राउ
समाचार

रामेछापमा बालिका बलात्कारको आरोपमा ७२ वर्षीय एक वृद्ध पक्राउ

  • सिधा दृष्टी बिहिबार, मंसिर ९, २०७८ | November 25, 2021

रामेछाप- रामेछापमा बालिका बलात्कारको आरोपमा ७२ वर्षीय एक वृद्ध पक्राउ परेका छन् । रामेछाप नगरपालिका ८ भोटेटारकी ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ७२ वर्षीय मंगल तामाङ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार घर नजिकैको पसलमा चाउचाउ किन्न गएको बेला तामाङले बालिकालाई फकाएर आफ्नै घरमा लगी जबरजस्ती करणी गरेका हुन् । उनले बालिकालाई बलात्कार गरेको

उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

तामाङलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत रामेछापबाट ५ दिन म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय