निर्वाचित महाधिवेशन प्रतिनिधिहरुमा धर्मराज गौतम, श्यामकृष्ण खड्का, गौरीप्रसाद दवाडी, दामोदर गौतम, लब ढुंगाना केसी, सुमन श्रेष्ठ, उज्ज्व बज्राचार्य, शैलेश कर्मचार्य, सुनिलकुमार श्रेष्ठ र इन्द्रमान तुलाधर गरी १० जना निर्वाचित भएका छन्।
यस्तै महिला खुल्लातर्फ कल्याणी खड्का २५३ मत, प्रा.डा. अमिता प्रधान २२३, रिता दवाडी २२१ र नानु बास्तोला १८७ मत ल्याएर विजयी भएका छन् । खस आर्य महिला तर्फ दिलमाया अधिकारी र सुधा रिजाल, खस आर्य खुल्लातर्फ बासु कार्की, रामेश्वर भट्टराई र शिवजी भट्टराई विजयी भएका छन्।
आदिवासी जनजाति महिला तर्फ गोमादेवी गुरुङ र रश्मीला मल्ल, आदिवासी जनजाति खुल्लातर्फ सागरदास रंजित, बसन्तलाल महर्जन र आनन्द महर्जन, मधेशी, थारु, मुश्लीम, अल्पसंख्यक, अपाङगता पिछडिएको क्षेत्रबाट राम पबित्र ठाकुर विजयी भए भने दलितबाट सुरेस परियार निर्विरोध केन्द्रीय महाधिवेशनमा निर्वाचित भएका छन् ।