• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • भारतले बाटो नदिएपछि आफ्नै भूमिबाट चार दिनको कष्टपूर्ण पैदल यात्रापछि छाङरु पुग्यो जनगणना टोली
समाचार

भारतले बाटो नदिएपछि आफ्नै भूमिबाट चार दिनको कष्टपूर्ण पैदल यात्रापछि छाङरु पुग्यो जनगणना टोली

  • सिधा दृष्टी बुधबार, मंसिर ८, २०७८ | November 24, 2021

काठमाडौं- भारतले आफ्नो बाटो प्रयोग गर्न नदिएपछि जनगणना टोली आफ्नै नेपाली भूमिबाटै चार दिन जोखिम र कष्टपूर्ण पैदल यात्रा गर्दै दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु पुगेको छ ।
जनगणना टोली सोमबार दिउँसो छाङरु पुगेको जनगणना कार्यालय (दार्चुला) का प्रमुख पदमराज पाण्डेले जानकारी दिए । ‘जनगणना टोली सोमबार छाङरु पुगेको खबर प्राप्त भएको छ । त्यसपछि सम्पर्क हुन सकेको छैन’, उनले भने, ‘जनगणनाको काम शुरु

Real Shoes 1

भइसकेको छ, करिब दुई दिनमा काम सकिन्छ ।’

गत कात्तिक २५ गते देशभर जनगणना थालिएको हो । तर दार्चुलाको व्याँस गाउँपालिका–१ का तिंकर र छाङरुमा भारतीय प्रशासनले जनगणना टोलीलाई त्यहाँ जान उसको भूमिमा पर्ने सहज सडक प्रयोगको अनुमति नदिँदा ढिलाइ भएको हो ।
जिल्ला प्रशासन कार्यालय ९दार्चुला०ले कात्तिक २५ र ३० गते जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन भारतको धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो । तर भारतीय प्रशासनले बाटो बिग्रिएको बहाना बनाउँदै अनुमति दिएन । अन्य मानिसलाई भने त्यो बाटो हिँड्न दिएको थियो ।
त्यसपछि शुक्रबार सदरमुकाम खलंगाबाट जनगणना टोली आफ्नै भूमिको नेपाली बाटोबाट छाङरु र तिंकरका लागि प्रस्थान गरेको थियो । करिब ४ दिनको जोखिमपूर्ण पैदल यात्रापछि सोमबार मात्रै टोलीले छाङरु पुगेको हो ।
तिंकरबासी चिसो छल्न खलंगा झरेपछि जनगणनामा चुनौती थपिएको छ । व्याँस गाउँपालिका–१ तिंकरबासी घर छाडेर चिसो छल्न खलंगा झरेको वडा सचिव विनोद बुढाथोकीले बताए । ‘तिंकरबासीका घरमा ताल्चा लागेका छन् । पशुचौपाया लिएर चिसो छल्न त्यहाँका बासिन्दा आइतबार नै हिँडेका थिए’, उनले भने, ‘बुढापाकाहरू गाडी चढेर भारतको बाटो भएर खलंगा पुगिसकेका छन्, पशुचौपाया लिएर केही बाटोमा छन् ।’
छाङरु र तिंकरबासी हिँउदका ६ महिना खलंगा झर्ने गर्छन् । जनगणना टोली छाङरु र तिंकरमा खटिएको छ, तर तिंकरबासी भने खलंगा झरेकाले जनगणना कसरी गर्ने भन्ने द्विविधा थपिएको छ । ‘जनगणना टोलीसँग बाटोमा भेट भयो भने त त्यहीँ जनगणना हुन्छ। तर भेट भएन भने गाह्रो छ’, वडा सचिव बुढाथोकीले भने, ‘छाङरुवासी १०-१२ दिन ढिलो गरेर खलंगा झर्छन, जाडो छल्न खलंगाा झर्ने र गर्मी छल्न तिंकर चढ्ने चलन भएको छ ।’
उनका अनुसार छाङरुबाट तिंकर करिब ११ किलोमिटरको दूरीमा छ । तिंकरमा ४० परिवारको बसोबास छ । तीन सदस्यीय जनगणना टोलीमा रहेका गणक बाटो कठिन हुनाले हिँड्न नसकेर दुम्लिङबाट सदरमुकाम खलंगा फर्केका थिए ।
जनगणना कार्यालय (दार्चुला) का सहायक जनगणना अधिकृत खगेन्द्र कार्की, गणक राजेन्द्र कार्की र एक जना कार्यालय सहयोगी छाङरु र तिंकरका लागि गएका थिए । गणक हिँड्न नसकेर फर्किएपछि सहायक जनगणना अधिकृत, कार्यालय सहयोग मात्रै छाङरु गएका थिए ।
तिंकर र छाङरुमा १ सय १३ परिवारको बसोबास छ । तिंकर र छाङरुमा पहिलो चरणको सुपरीवेक्षण मात्रै हुन सकेको छ । तिंकरवासीको बसाइँसराइले जनगणनामा केही प्रभाव नपार्ने जनगणना कार्यालय (दार्चुला) का प्रमुख पाण्डे बताउँछन् ।
‘खलंगा र छाङरु, तिंकरमा गरेर दोहोरो बस्ती छ । त्यहाँ भएका मानिसलाई खलंगामा को को बस्छन् भन्ने थाहा हुन्छ । एकै घरका मानिस हुन्छन्’, उनले भने, ‘खलंगाका मानिसको महाकाली नगरपालिका–४ मै गणना हुन्छ, तिंकर र छाङरु रहेका मानिसको त्यही गणना हुन्छ ।’ जनगणनामा कोही नछुट्ने उनले दाबी गरे ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने

काठमाडौं : कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

  • १६ घन्टा अघि
हिपत खबर
समाचार
काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन- नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले

  • १६ घन्टा अघि
हिपत खबर
समाचार
देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
महिलाहरुलाई केन्द्रीय सदस्यमा मात्रै सीमित पारिएको भन्दै तुम्बाहाङफेको आपत्ति

काठमाडौं – नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
एमालेको विधान

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
बद्री पाण्डेले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा सोमबार पत्रकार भेटघाट आयोजना गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनपश्चात गंगालाल अस्पतालले पीसीआर परिक्षण शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीले

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने

काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा. सुनिल

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
राजेन्द्र लिङ्देनका लागि भोट माग्दै नायिका रेखा थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको सुरु हुन लागेको केन्द्रीय एकता महाधिवेशनमा अध्यक्ष पदका लागि धमाधम उम्मेदवारी घोषणा हुँदैछ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका राजेन्द्र लिङ्देनले

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
ओलीको केन्द्रीय सदस्य सूचीमा कोमल वलीदेखि मोती दुगडसम्म

एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् ।

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले

  • २३ घन्टा अघि