बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी
समाचार

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी

  • सिधा दृष्टी बुधबार, मंसिर ८, २०७८ | November 24, 2021

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कूल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरे ।
कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । त्यस्तै उक्त क्षेत्रबाट सभापतिमा झकबहादुर डाँगीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिए ।

डाँगीले ७१९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी बलबहादुर वलीले १०३ मत प्राप्त गरे ।
त्यस्तै सचिवमा मोहन राना ७२० र पदमबहादुर खत्री ७१७ तथा सहसचिवमा प्रेमसिंह ठकुरी ६८४ र यामलाल पंगाली ६८७ मत प्राप्त गरी विजयी भए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय