भारतका विभिन्न राज्यमा स्कूल खुलेसँगै कोरोना भाइरस संक्रमण फैलिन थालेको छ ।विद्यार्थीलाई भौतिक उपस्थितिमै बोलाएर कक्षा सञ्चालन गर्न थालिएपछि कोरोना बढ्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।राजस्थान राज्यको जयपुरमा ११ विद्यार्थीमा कोरोना देखिएको छ । विद्यालय खुलेको बेला विद्यार्थीमा संक्रमण देखिनुलाई चिन्ताजनक रूपमा हेरिएको छ ।
तलंगाना राज्यमा २८ विद्यार्थीमा संक्रमण देखिएको छ । यसरी विद्यार्थीमा सामूहिक संक्रमण देखिन थालेपछि विद्यालय बन्द गरिएको
छ ।स्थानीय प्रशासनले कोरोना फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न निर्देशन दिएको छ ।
ओडिसामा ७० भन्दा बढी विद्यार्थीमा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५३ यात्रा र २२ छात्रमा संक्रमण देखिएको छ ।