बन्द रहेको थियो।
पहिलो चरणमा सन् २०२२ जनवरीदेखि अस्ट्रेलियामा रहेका र खोपको पूर्ण मात्रा लगाएका न्यूजिल्याण्डका नागरिकले प्रवेश पाउनेछन्। फेब्रुअरी १३ देखि भने विदेशमा रहेका न्यूजिल्याण्डका नागरिकहरु फर्किन सक्नेछन्।
अप्रिल ३० देखि मात्रै अन्तर्राष्ट्रिय यात्रुलाई न्यूजिल्याण्डमा प्रवेश दिइनेछ। यसरी आउने यात्रुहरुको विमानस्थलमा कोरोना भाइरस परीक्षण समेत गरिनेछ।
हाल न्यूजिल्याण्डका नागरिक र स्थायी बासिन्दाले मात्र न्यूजिल्याण्डमा प्रवेश पाउँछन्। यसरी प्रवेश गर्नेहरुले सरकारले तोकेको होटल क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ।