बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सिन्धुपाल्चोकमा आगलागी हुँदा तीन बालकको मृत्यु
समाचार

सिन्धुपाल्चोकमा आगलागी हुँदा तीन बालकको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, मंसिर ७, २०७८ | November 23, 2021

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन बालकको निधन भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको निधन भएको हो ।
निधन हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय