काठमाडौं- सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ८ डलर आसपासमा कारोबार भइरहेको छ