बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कांग्रेस महाधिवेशनः मोरङ–६ मा विवाद हुँदा मनोनयन दर्ता हुन सकेन
समाचार

कांग्रेस महाधिवेशनः मोरङ–६ मा विवाद हुँदा मनोनयन दर्ता हुन सकेन

  • सिधा दृष्टी सोमवार, मंसिर ६, २०७८ | November 22, 2021

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनमा मोरङ क्षेत्र नम्बर ६ मा विवाद देखिएको छ।
मोरङका अन्य ५ वटा क्षेत्रमा शान्तिपूर्ण उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले जानकारी दिए। निर्वाचन अधिकृत कार्कीले क्षेत्र नम्बर ६ मा भने मतदान केन्द्रको विषयमा विवाद हुँदा मनोनयन दर्ता नभएको बताए।
सुन्दरहरैंचा नगरपालिकास्थित शिक्षक

सामुदायिक भवनमा अधिवेशन प्रक्रिया गर्ने भनिए पनि एक पक्षले विराटनगर बुढीगंगा गाउँपालिकास्थित जनप्रिय माध्यामिक विद्यालयमा गर्नुपर्ने अडान लिएपछि सोमबार मनोनयन दर्ता कार्य हुन नसकेको कार्कीले जानकारी दिए।

यद्यपि क्षेत्र नम्बर ६ मा शीर्ष तहका नेताहरुबीच सहमतिको प्रयास सफल हुन नसकेपछि आजको प्रक्रिया अवरुद्ध भएको स्थानीय नेताहरुको भनाइ छ। सो क्षेत्रमा सर्वसम्मतको लागि प्रयास जारी राखिए पनि दुई पक्षबीच कुनै सहमति बन्न नसकेपछि मंगलबार मनोनयन र मतदान हुने उनीहरुले बताएका छ्न्।
अधिवेशनका क्रममा मोरङमा विभिन्न गुट उपगुटका कारण उम्मेदवार चयनमा समेत सकस परेको छ। कतिपय स्थानमा मतदाताले नै उम्मेदवारलाई गुट प्रस्ट्याउन आग्रह गर्ने गरेका छन्।
गाँउपालिकामा मत माग्न जाँदै गर्दा मतदाताले नै आफ्नो गुट पहिल्याउनका लागि आग्रह गरेको क्षेत्र नम्बर ३ का एक उम्मेदवारले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय