• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • कीर्तिपुरमा बन्द कोठाभित्र एक महिलाको शव भेटियो, छोरा पक्राउ
समाचार

कीर्तिपुरमा बन्द कोठाभित्र एक महिलाको शव भेटियो, छोरा पक्राउ

  • सिधा दृष्टी सोमवार, मंसिर ६, २०७८ | November 22, 2021

काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिका-४ राराहिलमा एक महिलाको शव भेटिएको छ। ढोकाको बाहिरबाट ताल्चा लगाएको कोठाभित्र महिलाको शव भेटिएको हो।
मृत महिला भोजपुर घर भएकी मीना कार्की रहेको प्रहरीले जनाएको छ। राराहिलमा फ्ल्याट भाडामा लिएर कार्की छोरासँगै बस्दै आएकी थिइन्। विगत तीन दिनदेखि कोठा पनि बन्द हुनु र दुर्गन्ध फैलन थालेपछि घरेबेटीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ताला फोडेर हेर्दा कार्की मृत फेला परेकी थिइन्।
Real Shoes 1

ii04i59q">

शव गन्हाउन थालेकोले कार्कीको मृत्यु ३/४ दिन पहिल्यै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। ताल्चा लगाएको कोठाभित्र शव भेटिएपछि प्रहरीले उक्त घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा कार्कीका ३० वर्षीय छोरा सूर्यलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक रेन्टुरेन्टबाट पक्राउ गरिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
सूर्य मृत कार्कीका एकमात्रै छोरा हुन्। सरकारी सेवामा रहेर अवकाश भएका मीनाका श्रीमान भने यसअघि नै बितिसकेका छन्।
पक्राउ परेका सूर्यले भने प्रहरीसँगको बयानमा आफ्ना लागि स्लिपङ ट्याप्लेट औषधि किनेर ल्याएको र उक्त औषधि आमाले झुक्किएर खाँदा मृत्यु भएको बताएका छन्। आमाको मृत्यु भएपछि सहन नसकेर ढोकामा ताल्चा लगाएर हिँडेको उनको भनाइ छ। मीना भने सुगर र प्रेसरको औषधि खाँदै आएकी थिइन्।
उक्त घटनाबारे कसैलाई पनि जानकारी नदिनु, ढोकामा ताल्चा लगाएर हिँड्ने, विवाह गएर गएकी दिदीले समेत फोन गरेर आमासँग कुरा गर्न खोज्दा आमा सुतिराख्नु भएको छ भनेर ढाँट्ने गरेका सूर्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जानकारी दियो। सूर्य पेशाले इन्जिनियर रहेका प्रहरीले बताएको छ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुल्यो (सुचनासहित्)

काठमाडौं- नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचना प्रकाशित गरी खुला

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले महाधिवेशनमा सहभागी नहुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।
एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको १०औं महाधिवेशन सुरु, हेरौ केही तस्विरहरु

नेृपाल कम्यूनिष्ट पार्टी एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एउटै मञ्चमा उभिएर देउवा र ओलीको अभिवादन

काठमाडौं – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोह जारी छ ।
समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
नयाँ कोविड-19 संस्करणले प्रतिरक्षा चोरी र विस्तारित ट्रान्समिसिबिलिटी देखाउन सक्छ, दक्षिण अफ्रिकी वैज्ञानिकहरूले चेतावनी दिए

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीले बिहीबार घोषणा गरे कि नयाँ कोरोनाभाइरस भेरियन्ट पत्ता लागेको छ जुन देशका केही भागहरूमा द्रुत रूपमा फैलिरहेको देखिन्छ।
“सुरुमा

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन मौसमविदको अनुरोध

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको हो । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।
‘देशभर चिसो

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दर्ता गरिएको जानकारी दिएको

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको महाधिवेशनमा कार्यकर्ता ओसार्न स्कुल बसको प्रयोग

नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ । बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयको बस प्रयोग गरिएको हो ।
  • २२ घन्टा अघि
हिपत खबर
समाचार
घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा

  • २२ घन्टा अघि