प्रमाणीकरणका लागि सम्बन्धित तथ्याङ्क वर्ल्ड एअर स्पोर्ट्स फेडरेशनलाई पठाएको छ।
आकस्मिक अवतरण गरेको विमानबाट विदेशी यात्रुहरू भागेपछि
उडिरहेको विमानले किन बगैँचामा बसिरहेका मानिसमाथि मलमूत्र खसायो
यूकेको विल्टशरमा नोभेम्बर १६ मा उक्त विमानका परीक्षण उडानहरू गरिएका थिए।
कम्पनीका एक निर्देशक फिल ओ'डेलले उडाउँदा स्फिरिट अफ इनभेशन विमानले सबैभन्दा तीव्र गति हासिल गरेको थियो।
रोल्स-रोयसका अनुसार स्पिरिट अफ इनभेशनको गति यसअघि सन् २०१७ मा कीर्तिमान राखेको जीमन्स ईएअरक्राफ्टले बनाएको एक्स्ट्रा ३३० एलई एरोब्याटिक विमानभन्दा २१३.०४ किलोमिटर प्रतिघण्टाले बढी थियो।
तीन किलोमिटर उड्दा रोल्स-रोयसको विमानको गति ५५५.९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२.१ किलोमिटर प्रतिघण्टा पुगेको थियो।
अनि ३,००० मिटरको उचाइमा २०२ सेकन्डमा पुगेर यसले सबैभन्दा चाँडै त्यति माथि पुग्ने कीर्तिमान ६० सेकन्डले घटाएको विश्वास गरिएको छ।
यो विमानले ४०० किलोवाटको विद्युतीय पावरट्रेन प्रयोग गर्छ जसको क्षमता ५३५ बीएचपी सुपरकारको जति हुन्छ।