• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • दलित पत्रकारहरुको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सोमबार राजधानीमा सम्पन्न भएको छ
समाचार

दलित पत्रकारहरुको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सोमबार राजधानीमा सम्पन्न भएको छ

  • सिधा दृष्टी सोमवार, मंसिर ६, २०७८ | November 22, 2021

काठमाडौं -दलित पत्रकारहरुको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सोमबार राजधानीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ, केन्द्रीय दलित विभागको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा काठमाडौं उपत्यकामा रहेर विभिन्न सञ्चारमा माध्यममा आबद्ध झण्डै ३ दर्जन दलित पत्रकारहरुको सहभागिता थियो ।
कार्यक्रममा दलित पत्रकारहरूले मिडियामा भोगेका समस्या र अनुभवहरू सुनाएका थिए । यस्तै कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज

Real Shoes 1

विश्वकर्माले दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै त्यसको मुक्तिका लागि अक्षरमार्फत अघि बढ्न पत्रकारहरूलाई आग्रह गरे ।

उनले दलित वर्गको उत्थानका लागि सामर्थ्यको संघर्ष आवश्यक रहेको भन्दै त्यसमा पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने बताए । प्रतिनिधि सभा सदस्य अन्जना विशंखेले दलित पत्रकारका समस्या समाधानका लागि सबै पत्रकारहरू एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले कुनै पनि विषयलाई उठान गरेर मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै पत्रकारिता मार्फत निरन्तरता दिन पत्र कारहरूलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले दलित पत्रकारको समस्या पहिचान गर्दै त्यसको समाधानका लागि महासंघ तयार रहेको बताए । उनले दलित पत्रकारको क्षमता अभिवृद्धि गर्न महासंघ तत्पर रहेको भन्दै त्यसका लागि सम्बन्धित संघ संस्थासँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले दलित पत्रकारको समस्या पहिचान गरी समस्या समाधान गर्न सम्बन्धित संघ संस्थासंगको अन्तरक्रियामार्फत अघि बढ्ने बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले सञ्चार गृहमा दलित पत्रकारको समानुपातिक सहभागिता हुनुपर्ने धारणा राखे ।
पत्रकार बाबुराम विश्वकर्माले दलितमाथि हुने गरेको विभेद र हिंसाका घटनालाई राज्यले गम्भीर मुद्दाका रूपमा नलिने गरेको बताए । उनले दलितमाथि समुदायका सबै क्षत्रमा विभेद कायम रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने धारणा राखे ।
अभियन्ता जेबी विश्वकर्माले दलित पत्रकार भएकै कारण सञ्चार गृहमा समेत विभेद कायम रहेको बताए । राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नालले सञ्चारको क्षेत्रमा इतिहासमा कुटवाल प्रथादेखि हालसम्म दलितहरूको महत्त्वपूर्ण भूमिका हुँदा पनि त्यसको कदर हुन नसकेको बताए ।
क्रियाशील दलित पत्रकार संघका पवित्रा सुनारले दलित भएकै कारण कार्यक्षेत्र समेत पत्रकारहरूले जातीय विभेद सहनु परेको भन्दै त्यसको अन्त्य हुनुपर्ने धारणा राखिन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले दलित पत्रकारको समस्या पहिचान गरी समाधानका बारेमा कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा दलित समुदायका पत्रकारहरूको अधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरू र दलित समुदायका सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुल्यो (सुचनासहित्)

काठमाडौं- नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचना प्रकाशित गरी खुला

  • १९ घन्टा अघि
हिपत खबर
समाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले महाधिवेशनमा सहभागी नहुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।
एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने

  • १९ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको १०औं महाधिवेशन सुरु, हेरौ केही तस्विरहरु

नेृपाल कम्यूनिष्ट पार्टी एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एउटै मञ्चमा उभिएर देउवा र ओलीको अभिवादन

काठमाडौं – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोह जारी छ ।
समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
नयाँ कोविड-19 संस्करणले प्रतिरक्षा चोरी र विस्तारित ट्रान्समिसिबिलिटी देखाउन सक्छ, दक्षिण अफ्रिकी वैज्ञानिकहरूले चेतावनी दिए

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीले बिहीबार घोषणा गरे कि नयाँ कोरोनाभाइरस भेरियन्ट पत्ता लागेको छ जुन देशका केही भागहरूमा द्रुत रूपमा फैलिरहेको देखिन्छ।
“सुरुमा

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन मौसमविदको अनुरोध

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको हो । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।
‘देशभर चिसो

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दर्ता गरिएको जानकारी दिएको

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको महाधिवेशनमा कार्यकर्ता ओसार्न स्कुल बसको प्रयोग

नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ । बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयको बस प्रयोग गरिएको हो ।
  • २१ घन्टा अघि
हिपत खबर
समाचार
घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा

  • २१ घन्टा अघि