बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रदेश २ कांग्रेस सभापतिमा मन्त्री यादवले गरे उम्मेदवारी घोषणा
समाचार

प्रदेश २ कांग्रेस सभापतिमा मन्त्री यादवले गरे उम्मेदवारी घोषणा

  • सिधा दृष्टी सोमवार, मंसिर ६, २०७८ | November 22, 2021

नेपाली कांग्रेसको प्रदेश २ को संसदीय दलका नेता रामसरोज यादवले कांग्रेसको प्रदेश २ को सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। सोमबार यादवले जनकपुरमा पत्रकार सम्मेलन आयोजना गरेर नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
दललाइ प्रदेश २ मा थप सशक्त बनाउने लक्ष्यका साथ आफूले प्रदेश सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले बताए।

cxmmr5t8 oygrvhab hcukyx3x c1et5uql ii04i59q">

प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका यादवले आफूले प्रदेश सभापति पदमा जिते प्रदेश २ मा कांग्रेसलाई पहिलो नम्बरको दल बनाउनुका साथै सुविधा सम्पन्न प्रदेश भवन बनाउने प्रतिबद्धता व्यक्त गरे।
२०२९ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन शुरु गरेका यादव १४ वर्ष नेपाली कांग्रेस धनुषाको सभापति भएर काम गरिसकेका छन्।
एक अर्को प्रसंगमा नेता यादवले कांग्रेसको केन्द्रीय सभापति पदका लागि आफ्नो सर्वमान्य नेता उपसभापति विमलेन्द्र निधि रहेको बताए। उनले केन्द्रीय सभापति पदमा सम्पूर्ण कार्यकर्ताले नेता निधिलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय