बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नबिल बैंक र स्टारेमिटबीच विप्रेषण (रेमिट्यान्स) सम्बन्धी सम्झौता
समाचार

नबिल बैंक र स्टारेमिटबीच विप्रेषण (रेमिट्यान्स) सम्बन्धी सम्झौता

  • सिधा दृष्टी सोमवार, मंसिर ६, २०७८ | November 22, 2021

काठमाडौं– नबिल बैंकले स्टारेमिटमार्फत् दक्षिण कोरियाबाट रकम भित्र्याउने गरी दुई पक्षबीच सोमबार सम्झौता भएको हो। स्टारेमिटले दक्षिण कोरिया कार्यालय सञ्चालन गरी नेपालमा विप्रेषणको कार्य गर्दै आएको छ।
काठमाडौंको हात्तीसारस्थित नेपाल हाउसमा आयोजित कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका अध्यक्ष रुद्र शर्माबीच उक्त सम्झौता भएको हो। स्टारेमिट नेपालीकै पहलमा सञ्चालनमा आएको दक्षिण कोरियाको पहिलो रेमिट कम्पनी हो।
नबिल बैंकले यसअघि कोरियाका बैंकसँग सहकार्य गरि रेमिट्यान्सको कार्य गर्दै आएको थियो। ४० हजार बढी नेपाली

कामदार रहेको कोरियाबाट अवैधानिक माध्यम हुण्डीबाट पनि रकम नेपाल भित्रिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय