बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नक्कली अमेरीकी डलरसहित एकजना भारतीय नागरिक पक्राउ
समाचार

नक्कली अमेरीकी डलरसहित एकजना भारतीय नागरिक पक्राउ

  • सिधा दृष्टी आइतवार, मंसिर ५, २०७८ | November 21, 2021

विदेशी जालीनोटका कारोवारीले झापालाई ट्रान्जिट बनाएको पाइएको छ । एक जना भारतीय नागरिक नक्कली अमेरीकी डलर सहित पक्राउ परेसँगै यो तथ्य बाहिरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर विमानस्थलबाट काठमाडौँ जान लागेका भारतको पश्चिम बंगाल घर भएका दुर्लव रोय चौधरी पक्राउ परेका हुन् । उनको हाते झोलाबाट एक सय दरका २ सय २६ थान अमेरीकी डलरका नोट पनि बरामद भएको छ

२४ वर्षीय चौधरीको साथबाट उनको भारतीय राहदानी र आधारकार्ड समेत बरामद भएको छ । अदालतबाट म्याद थप गरि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय