गरे । उनी युनाइटेडको लेजेन्डका रुपमा रहिरहने छन् । उनले यो क्लबलाई खुशीका धेरै क्षण दिएका छन् । उनको लागि युनाइटेडको ढोका सधैँ खुला रहनेछ । तत्कालका लागि युनाइटेडमा उनको स्थान माइकल क्यारिकले लिने छन्,’ युनाइटेडले भनेको छ ।
लामो समय युनाइटेडबाट खेलेका सोल्स्यार डिसेम्बर, २०१८ मा ओल्ड ट्राफोर्ड फर्किएका थिए । सुरुमा कामचलाउ प्रशिक्षकको जिम्मेवारी पाएका सोल्स्यारले युनाइटेडसँग मार्च, २०१९ मा तीन वर्षका लागि सम्झौता गरे । जुलाई, २०२१ मा उनले फेरि नयाँ सम्झौता गरे । यस अनुसार युनाइटेडसँगको उनको सम्झौता सन् २०२५ मा मात्रै सकिने थियो ।