काठमाडौं । आइतबार ललितपुरमा मात्र ५०० भन्दा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा संक्रमितको संख्या शून्य छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु छन् ।
काठमाडौं, भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलालीमा २०० भन्दा बढी संक्रमित रहेका छन् । उपत्यकामा मात्र १४७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।(नेपाल प्रेस