• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
आर्थिक

नेप्सेमा ११.६० अङ्कको गिरावट

  • सिधा दृष्टी आइतवार, मंसिर ५, २०७८ | November 21, 2021

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्सेमा ११.६० अङ्कको गिरावट हुँदा २७५७.५३ अङ्कमा बन्द भएको छ ।
बजार परिसूचकसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर र उत्पादनमुलक उपसूचक भने बढेको छ । उत्पादनमुलक उपसूचक १.४९ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.४१ प्रतिशतले बढेको छ । यता व्यापार उपसूचकमा सवार्धिक १.८७ प्रतिशतले गिरावट हुँदा,

Real Shoes 1

अन्य उपसूचक १.८३ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक १.५१ प्रतिशतले घटेको छ । यस्तै, बैंकिङ उपसूचक भने ०.२८ प्रतिशतले घटेको छ ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि सुस्तता छाएको छ । आज नेप्सेमा ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजारको कारोबार भएको छ ।
आज कारोबार रकममा महालक्ष्मी विकास बैंकले लिड गरेको छ । बैंकको करिब ५१ करोडको कारोबार हुँदा नेसनल हाइड्रोपावरको २३ करोड ८४ लाख ५० हजार र नेपाल दुरसञ्चार कम्पनीको २२ करोड ६२ लाखको कारोबार भएको छ ।
आज नेप्सेमा नारायणी डेभलमेन्ट बैंक र मानुषी लघुवित्तको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै, कर्पोरेट डेभलमेन्ट बैंकको सेयरमूल्य ८ प्रतिशतलेले वृद्धि हुँदा हिमाल दोलखा पावरको ६.४ प्रतिशत र शिवश्री हाइड्रोपावरको सेयरमूल्य ४.१९ प्रतिशतले बढेको छ । यता तेह्रथुम पावरको सेयरमूल्य सवार्धिक ४.२१ प्रतिशतले गिरावट हुँदा आईसीएफसी फाइनान्सको ३.८९ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको ३.६१ प्रतिशत, नेसनल माइक्रोफाइनान्सको ३.२८ प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ३.२८ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा कारोबार भएको १८७ कम्पनीमध्ये ६२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ११५ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै, १० कम्पनीको सेयरमूल्य स्थिर रहेको थियो ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
आर्थिक
सुनको मूल्य एक सयले घटेर तोलाको ९२ हजार कायम

सोमबार सुनको मूल्य एक सयले घटेर तोलाको ९२ हजार कायम भएको छ। अघिल्लो दिन सुन ९२ हजार एकसयमा कारोबार भएको थियो।
आज चाँदीको

  • १ दिन अघि
हिपत खबर
आर्थिक
घट्यो सुनको भाउ

काठमाडौं- सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ७ सय मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला

  • ४ दिन अघि
हिपत खबर
आर्थिक
१०४ प्रतिशतभन्दा बढीले वृद्धि भयो नेपालको निर्यात व्यापार

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालको निर्यात व्यापारमा उत्साहजनक वृद्धि भएको छ । भन्सार विभागका अनुसार २०७८ साउन, भदौ, असोज र कात्तिकमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख

  • ५ दिन अघि
हिपत खबर
आर्थिक
सामान्य अंकले बढ्यो नेप्से, यस्तो छ अन्य सूचक

साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार एक दशमलव ८२ अंकले बढेर दुई हजार सात सय ३४ दशमलब ९४

  • ६ दिन अघि
हिपत खबर
आर्थिक
सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेको छ

काठमाडौं- सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले

  • ७ दिन अघि
हिपत खबर
आर्थिक
हस्तकला व्यवसायको प्रवर्द्धनमा नबिल बैंक

काठमाडौं । १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिता काठमाडौंस्थित होटेल ह्यातमा जारी छ । मेलामा नेपाली मौलिक कला, संस्कृति झल्काउने हस्तकलाका सामग्री राखिएका छन् । नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला व्यापार मेला र प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

  • १ हप्ता अघि
हिपत खबर
आर्थिक
नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० तोकिएको छ ।
साताको पहिलो कारोबार दिन हिजो प्रतितोला

  • १ हप्ता अघि
हिपत खबर
समाचार
उकालो लाग्दै मूल्यवृद्धि : उपभोक्तालाई धान्नै धौधौ

काठमाडौं । पछिल्लो समय महँगी यतिसम्म बढेको छ कि सामान्य व्यक्तिलाई गुजारा चलाउनै धौधौ भएको छ ।

अहिले बजारमा दैनिक उपभोग्य वस्तु दाल, चामल, घिउ, तेल, साबुन, सर्फलगायतका वस्तुहरूमा मूल्य बढेर छोई नसक्नु भएको छ । त्यसैमाथि तरकारी तथा

  • १ हप्ता अघि
हिपत खबर
आर्थिक
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम भएको छ । सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार

  • २ हप्ता अघि
हिपत खबर
आर्थिक
आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम

काठमाडाैँ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार

  • ३ हप्ता अघि