काठमाडौं । १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिता काठमाडौंस्थित होटेल ह्यातमा जारी छ । मेलामा नेपाली मौलिक कला, संस्कृति झल्काउने हस्तकलाका सामग्री राखिएका छन् । नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला व्यापार मेला र प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर नबिल बैंक रहेको छ ।
बैंकले महासंघसँग सहकार्य गर्दै हस्तकला व्यवसायको प्रबद्र्धनमा सहयोग एवम् सहकार्य गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको हो । महासंघसँग बैंकले विगत ३ वर्षदेखि हस्तकला व्यवसायको प्रर्बद्धनमा सहकार्य गर्दै आएको बैंकले जनाएको छ ।