सुर्खेत बराहताल गाउँपालिका-५ बड्डिचौरस्थित एक होटलबाट चितुवाको छालासहित चार जना पक्राउ परेका छन् । प्रेम होटलको ३ नम्बर कोठाबाट ३ थान
चितुवाको छालासहित अछाम पंचदेवल नगरपालिका-८ बस्ने ३५ वर्षीय कमल शाही समेत लाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरो, जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी बड्डिचौर सुर्खेतबाट खटिएको प्रहरीले
उनीहरुलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।