बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • केपी ओलीका कारण संविधान संशोधन रोकियो – पुष्पकमल दाहाल
समाचार

केपी ओलीका कारण संविधान संशोधन रोकियो – पुष्पकमल दाहाल

  • सिधा दृष्टी शनिबार, मंसिर ४, २०७८ | November 20, 2021

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली राजनीतिका खलनायक भनेका छन् ।

शनिवार रौतहट कटहरामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली गणतन्त्र विरोधी हुन् । लोकतान्त्रिक व्यवस्थालाई नसुहाउने नेता हुन् उनी । उनले जनताले चुनेको पठाएको नेताहरूको सार्वभौम संसद् पटक पटक विघटन गरे । उनी खलनायक हुन् नेपाली राजनीतिको ।’

यस्तै प्रचण्डले माओवादीलाई सिध्याउन खोजिँदै गरेको दाबी गरे । ‘माओवादीविरुद्ध शक्तिहरू एक ठाउँमा आउँदैछन्,’ प्रचण्डले भने, ‘यस्तो हिजो

पनि भएको थियो । हिजो माओवादी र नेतृत्वको हिसाबले प्रचण्डमाथि अनेक हल्लाहरू फिँजाइए । माओवादीले संघीयता छोड्यो भयो । तर,यथार्थमा त्यो थिएन । यो आज पुष्टि भयो ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय