बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम
समाचार

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

  • सिधा दृष्टी शनिबार, मंसिर ४, २०७८ | November 20, 2021

काठमाडौं, मंसिर ४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आइतबारदेखि शुक्रबारसम्म देशब्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले देशभरका बार इकाइलाइ पत्र लेखी मंसिर ५ गते आइतबारदेखि मंसिर १० गते शुक्रबारसम्म आन्दोलनको कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भएको छ । आन्दोलनअन्तर्गत आइतबार देशभरका बार इकाइले अदालतभित्र दंगा प्रहरी प्रवेश गराउने, कानून व्यवसायीको शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहितको दंगा प्रहरी तैनाथ गर्ने र कानुन व्यवसायीमाथि दमन र

कुटपिट गरेको विरोधमा बहस बहिस्कार गर्न आग्रह गरिएको छ ।( ईमेजखबर )

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय