बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बझाङमा हिरासतमा रहेका कैदीको मृत्यु
समाचार

बझाङमा हिरासतमा रहेका कैदीको मृत्यु

  • सिधा दृष्टी शनिबार, मंसिर ४, २०७८ | November 20, 2021

बझाङमा हिरासतभित्रै ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमै मृत्यु भएको हो ।

कर्तव्य ज्यान मुद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी रावलको मृत्यु भएको डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

‘बिहान हिरासतभित्र सुरक्षाकर्मीलगायत हिरासतमा रहेकाहरू चिया पिइरहेका थिए, उहाँ पनि चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासि अचेत हुनुभयो,’ डिएसपी विष्टले भने, ‘अचेत भएपछि जिल्ला अस्पताल पठायौं र अस्पतालले मृत घोषणा गर्‍यो ।’

मृतक रावल र उनका छोरा जयबहादुर

बुहारी हत्याको आरोपमा २० कात्तिकदेखि हिरासतमा थिए ।

                                                                                                                         (रासस)

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय