बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफुले पुरा गर्न सक्ने बताए
समाचार

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफुले पुरा गर्न सक्ने बताए

  • सिधा दृष्टी शनिबार, मंसिर ४, २०७८ | November 20, 2021

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफुले पुरा गर्न सक्ने बताउनु भएको छ । शनिबार काठमडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उहाँले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पुरा गर्न आफु सक्षम भएको बताउनु भएको हो ।
‘किस्नुजी, गणेशमान जीको,विपी जीको जनताको जिवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो त्यो सपना तपाईहरुको सहयोगबाट पुरा गर्न सक्छु भन्ने विश्वास छ ।’उहाँले भन्नु भयो । जनताका प्रतिनिधी

भए पछि जस्तोजुकै अवस्था पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने उहाँको भनाई थियो ।

साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफोरो पुस्तक’ पुस्तक पढ्नु पर्ने बताउनु भयो । बानेश्वर नेपालाको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय