बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सरकार न्यायालयमा भइरहेको विवादको मुखदर्शक भएर बस्न नमिल्ने – प्रकाशमान सिंह
समाचार

सरकार न्यायालयमा भइरहेको विवादको मुखदर्शक भएर बस्न नमिल्ने – प्रकाशमान सिंह

  • सिधा दृष्टी बुधबार, मंसिर १, २०७८ | November 17, 2021

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मुखदर्शक भएर बस्न नमिल्ने बताउनु भएको छ । बुधबार विराटनगर पुगेका नेता सिंहले बिराटनगर बिमानस्थमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताउनु भएको हो । एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उहाँको भनाई थियो ।
‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भईरहेको विवादको मुख दर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद

समाधान गनुपर्दछ ।’ नेता सिंहको भनाई थियो ।
साथै उहाँले बर्तमान स्थितिमा अर्लिइलेक्शनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताउनु भयो । उहाँले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने समेत दोहो¥याउनु भएको छ । वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको उहाँको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय