मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या
समाचार

दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या

  • सिधा दृष्टी बुधबार, मंसिर १, २०७८ | November 17, 2021

काठमाडौँ – सोमबार भारतको राजधानी दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या भएको छ ।

हत्या गरिएका महिलामा मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङ छन् । दिल्लीस्थित निजामुद्दिन थाना अन्तर्गत के ब्लक जङ्गिपुरा एक्सटेन्सनको एक घरमा उनीहरुको शव फेला परेको हो । उनीहरु त्यही घरमा कार्यरत थिए । मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएका कारण उनीहरुको हत्या भएको प्रहरीको दाबी छ ।

भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीको जङ्गिपुरामा कार्यरत दुई महिलाको

अज्ञात व्यक्तिहरूले हत्या गरेको हो ।
एम्स अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको र उनीहरुको मंगलबार अन्त्येष्टि गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय