मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी
समाचार

मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी

  • सिधा दृष्टी मङ्लबार, कार्तिक ३०, २०७८ | November 16, 2021

काठमाडौँ – मुगु सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट २० घर जलेर नष्ट भएका छन् ।
काठैकाठका घर र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा ल्याउन समय लागेको प्रहरीले बताएको छ । त्यसमाथि दमकल नहुँदा आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो । प्रहरीका अनुसार राति साढे १२ बजे लागेको आगो बिहान साढे ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । आगो निभाउने क्रममा

एउटा कच्ची घर भत्काइएको थियो ।

आगलागीमा मानवीय क्षति भएको छैन । आगलागीबाट घरबारबिहीन भएकाहरूलाई छिमेकीका घर र आफन्तकहाँ राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय