शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानुन व्यवसायी र न्यायाधीशहरुलाई वार्ताको आह्वान
समाचार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानुन व्यवसायी र न्यायाधीशहरुलाई वार्ताको आह्वान

  • सिधा दृष्टी सोमवार, कार्तिक २९, २०७८ | November 15, 2021

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानुन व्यवसायी र न्यायाधीशहरुलाई वार्ताको आह्वान गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गरेर प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतमा देखिएको अवरोध अन्त्यका लागि सबैको एकता आवश्यक रहेको बताए ।
लामो समयदेखि सर्वोच्च अदालतमा आन्दोलन भइरहेको अवस्थामा प्रधानन्यायाधीश राणाले पहिलो पटक औपचारिक रुपमा अभिव्यक्ति दिएका हुन् । उनले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न आग्रह गरे ।

विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने क्रममा उठेका प्रश्नहरु तत्काल सम्बोधन गर्दै बार र बेन्चबीच हातेमालो हुनुपर्ने उनको भनाइ छ । प्रधानन्यायाधीश राणाले गत बिहीबार सर्वोच्च अदालतमा परिसरमा वकिलहरुको धर्नामाथि भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गरे ।
न्यायपालिकाको गरिमा र सम्मान जोगाउन प्रधानन्यायाधीशको जत्तिकै अग्रसरता बार र यसका इकाइको पनि रहने भन्दै बार र बेन्चले आफ्नो दायित्व बिर्सनु नहुने उनले बताए ।
उनले विज्ञप्तिमार्फत न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा आफू अग्रसरता लिन तयार रहेकोसमेत प्रष्ट पारे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय