काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु र न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खल्बल्लिने स्थितिमा पुगेको निष्कर्ष निकाल्दै समस्या समाधानका निम्ति सबै राजनीतिक दलहरु र न्याय क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको एकिकृत अवधारणा बनाउन अपिल गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।
कार्यकर्ताहरुलाई विपद जोखिम न्युनिकरण सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न, विपदको बेलामा खोज, उद्धार तथा राहत सहयोग प्रभावकारी रुपमा सञ्चालन गर्न तथा जनस्वयं सेवक बनाइ परिचालन गर्न निर्देशन पनि दिएको उहाँले जानकारी दिनुभयो ।