काठमाडौैं,कार्तिक२८गते । नेपाली कांग्रेस १४ औं महाधिवेशनको सन्निकट छ । फेरि मिति नसरे अबो ३० दिनमा कांग्रेसले केन्द्रीय तहको नयाँ नेतृत्व पाइसक्छ । कांग्रेसको केन्द्रीय महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने तय छ ।
तर, महाधिवेशनको मिति नजिकिँदै गर्दा पनि कांग्रेसभित्रको क्रियाशील सदस्यताको किचलो भने सकिएको छैन ।
अझै पनि जिल्ला तहका नेताहरु क्रियाशील सदस्यताको विवाद नमिलाई एकलौटी रुपमा अधिवेशन गर्ने
खोजिएको भन्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा नै आएर धर्ना तथा अनसनमा बसिरहेका छन् कांग्रेसको क्रियाशील सदस्यताको विषयको विवाद बढ्दै गएपछि रौतहटबाट जिल्ला कोषाध्यक्षसहितको समूह सानेपामा ज्ञ सय १५ दिनदेखि धर्नामा छ ।
उनीहरु जिल्ला सभापतिले धाँधलीपूर्ण रुपमा सदस्यताको सूची केन्द्रमा पठाएको भन्दै १ सय १५ दिनदेखि धर्नामा बस्दै आएका हुन् । धर्नाको नेतृत्व गर्दै आइरहेका कांग्रेस रौतहट कोषाध्यक्ष राम श्रेष्ठ साहले विधानसम्मत सदस्यता वितरण नभएसम्म धर्ना नरोकिने बताए । उनले केन्द्रीय नेतृत्वले समेत मनोमानी रुपमा सदस्यताको विवरण बुझेको र स्थानीय नेताकार्यकर्ताहरुको आवाज दबाउन खोजेको बताए । यसैगरी, रसुवामा पनि क्रियाशील सदस्यताको विषयमा विवाद देखिएको छ । रसुवामा छानबिन समितिले नै फाराम नभरेको १ सय बढी व्यक्तिको क्रियाशील सदस्यता सदर गरिदिएको भन्दै विवाद चर्किएको छ ।।