मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार मध्यराति १६ जना जुवाडेलाई पक्राउ गरे
समाचार

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार मध्यराति १६ जना जुवाडेलाई पक्राउ गरे

  • सिधा दृष्टी शनिबार, कार्तिक २७, २०७८ | November 13, 2021

काठमाडौँ – महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार मध्यराति १६ जना जुवाडेलाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट प्रहरीले ५ लाख ११ हजार ५०० सहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका–११ का गणेश उप्रेती, कुमार केसी, मिलन तामाङ, दिनेश पौडेल, सन्जिव खड्का, दामोदर पौडेल, मुकुन्द खड्का, राजु गिरी,

विवेक कार्की, प्रल्हाद खड्का र कालीचरण चौधरी रहेका छन् । सुमन खड्काले तरकारी खेतीका लागि टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

उनीहरूको साथबाट १६ थान कौडासमेत बरामद भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको न्यौपानेले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय