मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा सडक आन्दोलन गर्ने तयारी
समाचार

सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा सडक आन्दोलन गर्ने तयारी

  • सिधा दृष्टी शुक्रबार, कार्तिक २६, २०७८ | November 12, 2021

काठमाडौँ – सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा सडक आन्दोलन गर्ने तयारी गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै वैज्ञानिक भाडादर समायोजनको माग गर्दै महासंघले आन्दोलनको तयारी गरेको हो ।
महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सवारी साधन ठप्प पार्नेसम्मको आन्दोलन गर्ने चेतावनी दिए
। उनकाअनुसार आन्दोलनको औपचारिक घोषणा महासंघको बैठकपछि हुनेछ ।

cxmmr5t8 oygrvhab hcukyx3x c1et5uql ii04i59q">

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश भाडा निर्धारण समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८ को नियम ६ को उपनियम २ को अधिकार प्रयोग गरी २३ प्रतिशत गाडीभाडा बढाएको थियो ।
सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै २८ प्रतिशत भाडा बढाउनुपर्ने भन्दै महासंघले आपत्ति जनाएको थियो । अहिले पुन: पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय