• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेसमा संस्थापन इतर मानिएको नेता रामचन्द्र पौडेल समूहभित्र खटपट सुरु
समाचार

नेपाली कांग्रेसमा संस्थापन इतर मानिएको नेता रामचन्द्र पौडेल समूहभित्र खटपट सुरु

  • सिधा दृष्टी शुक्रबार, कार्तिक २६, २०७८ | November 12, 2021

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन इतर मानिएको नेता रामचन्द्र पौडेल समूहभित्र खटपट सुरु भएको छ । पौडेल समूहभित्रका नेता प्रकाशमान सिंह सो समूहबाट बाहिरिएका छन् । नेता रामचन्द्र पौडेलले आज बोलाएको भेलामा नेता सिंह उपस्थित नहुने भएका हुन् ।
चाक्सिबारी स्रोतका अनुसार असोज २२ पश्चात् नेताद्वय पौडेल र सिंहबीच टेलिफोन संवादसमेत भएको छैन ।

Real Shoes 1

dir="auto">“बैठक छ भन्ने खबर आएको छ तर हामी जाँदैनौ,” स्रोतले सहयात्री अनलाईन मिडिया"

पौडेल र सिंहबीचको मनमुटावको कारण
सरकार बनेको ८८ दिनपश्चात् प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गरे । सरकार विस्तार गर्दा संस्थापन इतर समूहको रुपमा उभिएको पौडेल समूहलाई मन्त्रालयको भागवण्डा लाग्यो ।
भागवण्डा अनुसार महामन्त्री शशांक कोइराला निकट डा. मिनेन्द्र रिजाल मन्त्री बने । यस्तै पौडेल निकट दिलेन्द्र बडु पनि मन्त्री बने । तर, प्रकाशमान सिंहको भागमा एक जना पनि मन्त्री परेन ।
सिंहले काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधि सभामा चुनाव जितेका राजन केसीलाई मन्त्री बनाउन कम्मर कसेका थिए । तर, पौडेल र कोइराला मिलेर केसीलाई मन्त्री बन्न नदिएको प्रकाशमान सिंहको बुझाइ छ । विवाद यहीँबाट सुरु भएको हो ।
चाक्सीबारी स्रोतका अनुसार १० वटा निर्वाचन क्षेत्र तथा संघीय राजधानी भएको काठमाडौंबाट आफूनिकटले मन्त्री नपाएपछि प्रकाशमान नेता रामचन्द्र पौडेलसँग विच्किएका हुन् ।
सिंहले महामन्त्री शशांक कोइराला, मन्त्री तथा सांसद मिनेन्द्र रिजाललगायत नेताहरुलाई पौडेल समूहको नेता नभएको भन्ने गरेका छन् ।
“संसदीय दलको नेतामा शेरबहादुर देउवालाई निर्वाचित गराउन हिजो भोट हाल्ने कोइराला र रिजालहरु नै हैनन्,” बाह्रखरीसँग स्रोतले भन्यो, “सर्वसम्मत संसदीय दलको नेता चयन भए शशांकलाई छाड्नु पर्ने, शेरबहादुरसँग चुनाव लड्न पनि नसक्ने अनि समूहको नेतृत्त्व गर्दै प्रकाशमान सिंहले संसदीय दलको चुनाव लड्दा पनि भोट नहाल्ने अनि अहिले पौडेल समूहबाट कोटा लिएर मन्त्री चाहिँ आफू लिने ।”
अवसर आउँदा सबै आफैं लिने अनि संकट पर्दा प्रकाशमान चाहिने भएपछि अब पौडेल समूह त्याग गरिसकेको ती नेताले बाह्रखरीसँग बताए ।
विवादको जड यतिमा मात्र सीमित छैन । काठमाडौंको स्थानीय तहमा भएका पार्टी अधिवेशनमा नेता भिमशेनदास प्रधानसँग मिलेर पौडेल र कोइरालाले आफ्ना प्यानल हराउन भूमिका खेलेको भन्दै नेता सिंह पौडेलसँग ‘फायर’ भएका छन् ।
केन्द्रीय सभापति उठ्ने तयारीमा रहेका सिंहलाई काठमाडौंको जिल्ला अधिवेशनमा घेरावन्दी गरेर कमजोर बनाउन पौडेलले भूमिका खेलेको चाक्सिबारीको बुझाइ छ ।
“तनहुँ र नवलपरासीमा भएको वडा अधिवेशनमा प्रकाशमान सिंह कहाँ हस्तक्षेप गर्न गयो, काठमाडौंमा चाहिँ हाम्रो विरुद्ध सारा मान्छे उचाल्ने काम किन गर्नु ? अनि रामचन्द्रलाई किन नेता मान्नुपर्ने हामीले ? किन सधैँ बोक्नुपर्याे र ?,” ती नेताले भने ।
“हाम्रो जिल्ला सभापति कृष्ण सवुज बानियाको क्षेत्रमै कोइराला र पौडेल भिमशेनदाससँग मिलेर हाम्रो टिमलाई कमजोर बनाउन उनीहरु लागि परे, अनि सधैँ रामचन्द्रलाई हामीले किन बोक्नुपर्ने,” ती नेताले बाह्रखरीसँग भने ।
पौडेल देउवाको कार्यकर्ता !
चाक्सिबारीले नेता पौडेललाई शेरबहादुरको मामुली कार्यकर्ता बन्न गएको आरोप समेत लगाउन थालेको छ । सरकार सञ्चालनमा सहजीकरण गर्न बनेको गठबन्धन समन्वय समितिमा पौडेलले भाग खोजेर शेरबहादुरको कार्यकर्ता बनेको चाक्सिबारीले निष्कर्ष निकालेको पनि ती नेताले बताए । टिममा छलफल नगरी कसैलाई नसोधी पौडेल समितिमा बसेको भन्दै सिंह पौडेलसँग तुष साधेर बसेका छन् ।
“अब महाधिवेशनमा भेट हुन्छ, तिनिहरुको फोन उठाउने भेट्ने अब प्रकाशमान सिंहबाट हुँदैन,” ती नेताले भने, “रामचन्द्र शेरबहादुरको कार्यकर्ता भइसके, कुरा गर्नुपरे सिधै शेरबहादुरसँग कुरा गरौंला ।”
ती नेताका अनुसार मनलाग्दी डाकिएको पौडेल समूहको बैठकमा प्रकाशमान सिंह जानुको औचित्य छैन । “प्रकाशमान रामचन्द्र र शशांकको कार्यकर्ता बन्नुपर्ने हैसियतको मान्छे पनि हैन र जरुरी पनि छैन, उनीहरु शेरबहादुरसँग जे पनि गर्न हुने, भेटेसम्म भाग खाने अनि हामीलाई सधैँ वेवास्ता गर्ने, हामीले सधैँ पौडेललाई किन बोक्नुपर्यो ।”

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुल्यो (सुचनासहित्)

काठमाडौं- नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचना प्रकाशित गरी खुला

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले महाधिवेशनमा सहभागी नहुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।
एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको १०औं महाधिवेशन सुरु, हेरौ केही तस्विरहरु

नेृपाल कम्यूनिष्ट पार्टी एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एउटै मञ्चमा उभिएर देउवा र ओलीको अभिवादन

काठमाडौं – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोह जारी छ ।
समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
नयाँ कोविड-19 संस्करणले प्रतिरक्षा चोरी र विस्तारित ट्रान्समिसिबिलिटी देखाउन सक्छ, दक्षिण अफ्रिकी वैज्ञानिकहरूले चेतावनी दिए

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीले बिहीबार घोषणा गरे कि नयाँ कोरोनाभाइरस भेरियन्ट पत्ता लागेको छ जुन देशका केही भागहरूमा द्रुत रूपमा फैलिरहेको देखिन्छ।
“सुरुमा

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन मौसमविदको अनुरोध

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको हो । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।
‘देशभर चिसो

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दर्ता गरिएको जानकारी दिएको

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको महाधिवेशनमा कार्यकर्ता ओसार्न स्कुल बसको प्रयोग

नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ । बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयको बस प्रयोग गरिएको हो ।
  • २२ घन्टा अघि
हिपत खबर
समाचार
घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा

  • २२ घन्टा अघि