• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • अर्कैले नक्कली लालपूर्जा बनाएर धितो राखी बैंकबाट ऋण लिएको गायक योगेश्वर अमात्यको १२ बिगाहा जग्गा सुरक्षित देखियो
समाचार

अर्कैले नक्कली लालपूर्जा बनाएर धितो राखी बैंकबाट ऋण लिएको गायक योगेश्वर अमात्यको १२ बिगाहा जग्गा सुरक्षित देखियो

  • सिधा दृष्टी बिहिबार, कार्तिक २५, २०७८ | November 11, 2021

काठमाडौं ,कार्तिक २४गते ।
अर्कैले नक्कली लालपूर्जा बनाएर धितो राखी बैंकबाट ऋण लिएको गायक योगेश्वर अमात्यको १२ बिगाहा जग्गा सुरक्षित देखिएको छ।
उक्त जग्गा धितो राखी कुमारी बैंकले १९ करोड रूपैयाँ ऋण दिएको थियो। नक्कली कागजातका आधारमा ऋण लिएर आफूलाई ठगेको थाहा पाएपछि कुमारी बैंकले कीर्ते गर्ने व्यक्तिहरूबाट त्यस बराबर रकमको धितो सुरक्षित गरेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नक्कली कागजात बनाउने मुक्तिनाथ गौतम र

Real Shoes 1

एसकुमार महर्जनबाट बैंकले १९ करोड रूपैयाँ बराबरको धितो सुरक्षित गराएको हो।

‘बैंकले गौतम र महर्जनको जग्गाजमिन राखेर अमात्यको जग्गा सुरक्षित गरिसकेको जानकारी हामीलाई दिएको छ,’ ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले सेतोपाटीसँग भने।
गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। दुवैले अमात्य र उनकी श्रीमतीका नाममा रहेको बिरुवा भूमि वनकाली कम्पनीको नक्कली कागजात बनाएर एक महिनाअघि १९ करोड रुपैयाँ निकालेका थिए।
कागजात नक्कली रहेको थाहा पाएपछि बैंकले गौतम र महर्जनको जग्गाजमिन राखेर नयाँ धितो कायम गरेको प्रहरीको भनाइ छ।
उनीहरूले १९ करोड कहाँ के गरे भन्ने थाहा भएन, तर त्यो बराबरको रकमको धितोबापत् बैंकले उनीहरूको जग्गा राखिसकेको जानकारी दिएको छ,’ ब्युरोका निर्देशक सिंहले भने, ‘अहिले अमात्यको जग्गा ‘स्वतन्त्र’ भइसकेको छ।’
अमात्यको बारा विश्रामपुरस्थित १२ बिगा जग्गाको नक्कली कागजात बनाएर १९ करोड रुपैयाँ निकालेको पाइएपछि गौतम र महर्जनसहित चार जनालाई ब्युरोले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, मूल्यांकनकर्ता बैंककै कर्मचारी राजेश्वर चौरसिया पनि छन्। ठाकुर, महर्जन र गौतम केही दिनअघि नै पक्राउ परेका थिए भने चौरसिया मंगलबार पक्राउ परेका थिए।
कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
त्यसरी नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको पाइएको छ। केन्द्रीय बैंकले अनुमति दिएका आधारमा कुमारी न्यूरोड शाखाबाट रकम निकालिएको थियो।
ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार पक्राउ परेकालाई अहिले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अनुसन्धान थालिएको छ।
नक्कली कागजात बनाएर गौतम र महर्जनले सुरूमा पर्सा शाखामा निवेदन दिएको दिए। पर्सा शाखाका कर्मचारी ठाकुर र चौरसिया नक्कली कागजातबाट १९ करोड रुपैयाँ ऋण स्वीकृतिका लागि गौतम र महर्जनलाई सहयोग गरेका थिए।
पर्सा शाखाले न्यूरोड शाखामा फाइल पठाएको थियो। न्यूरोड शाखाले ऋण दिँदा नक्सालस्थित केन्द्रीय बैंकको स्वीकृति पनि लिएको देखिएको महतोले बताए।
यो प्रकरणमा कुमारी बैंक पर्सा शाखा, न्यूरोड शाखा र केन्द्रीय कार्यालय नक्सालका कर्मचारीको के कति मिलेमतो र संलग्नता छ भन्ने विषयमा अनुसन्धान जारी रहेको महतोले बताए।
पक्राउ परेका चारै जना, कुमारी बैंकको पर्सा शाखा, न्यूरोड शाखा र कुमारी बैंकको केन्द्रीय कार्यालय नक्सालका कर्मचारी छानबिनमा छन्।
‘यो प्रकरणमा मिलेमतो देखिए बैंकका अन्य कर्मचारी पनि पक्राउ पर्नेछन्, प्रारम्भिक रूपमा अहिले पर्सा शाखाका दुई जनाको मिलेमतो उजागर भएको छ,’ ब्युरोका निर्देशक सिंहले भने।
गायक अमात्यले आफ्नो जग्गा कीर्ते गरेर ऋण निकालेको थाहा पाएपछि एक महिनाअघि ब्युरोमा जाहेरी दिएका थिए।
‘नक्कली लालपूर्जा खडा गरेर मेरो जग्गाको नाममा ऋण निकालेको भन्ने थाहा पाएर मैले ब्युरोमा जाहेरी दिएको थिएँ,’ अमात्यले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको हुनाले यसबारे म अहिले बोल्दिनँ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुल्यो (सुचनासहित्)

काठमाडौं- नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचना प्रकाशित गरी खुला

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले महाधिवेशनमा सहभागी नहुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।
एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एमालेको १०औं महाधिवेशन सुरु, हेरौ केही तस्विरहरु

नेृपाल कम्यूनिष्ट पार्टी एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एउटै मञ्चमा उभिएर देउवा र ओलीको अभिवादन

काठमाडौं – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोह जारी छ ।
समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
नयाँ कोविड-19 संस्करणले प्रतिरक्षा चोरी र विस्तारित ट्रान्समिसिबिलिटी देखाउन सक्छ, दक्षिण अफ्रिकी वैज्ञानिकहरूले चेतावनी दिए

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीले बिहीबार घोषणा गरे कि नयाँ कोरोनाभाइरस भेरियन्ट पत्ता लागेको छ जुन देशका केही भागहरूमा द्रुत रूपमा फैलिरहेको देखिन्छ।
“सुरुमा

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन मौसमविदको अनुरोध

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको हो । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।
‘देशभर चिसो

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दर्ता गरिएको जानकारी दिएको

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको महाधिवेशनमा कार्यकर्ता ओसार्न स्कुल बसको प्रयोग

नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ । बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयको बस प्रयोग गरिएको हो ।
  • २१ घन्टा अघि
हिपत खबर
समाचार
घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा

  • २२ घन्टा अघि