• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ शुभारम्भ
समाचार

पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ शुभारम्भ

  • सिधा दृष्टी बिहिबार, कार्तिक २५, २०७८ | November 11, 2021

काठमाडाैँ । ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’ शुभारम्भ गरिएकाे छ । पशुपतिनाथ मन्दिरका मूल भट्टको उस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले पशुपतिनाथ मन्दिरबाट र्यालीकाे शुभारम्भ गरेका हुन् ।
र्
Real Shoes 1

pq6dq46d">‍यालीमा भारतीय र नेपाली गरी करिब ५० जना मोटरसाइकल प्रेमीहरुको सहभागिता रहेकाे जनाइएकाे छ । भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्यालीको उद्देश्य रहेको बताइएकाे छ । साथै दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने उद्देश्य पनि रहेको छ ।

कार्यक्रममा मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्ध रहेको बताए । उनले मोटरसाइकल -यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना पनि दिए ।
भारतीय राजदूतले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेलेको भूमिका बारे बताए ।
सो -यालीका सहभागीहरुले कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्नेछन् । यात्राका क्रममा -याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्ने जनाइएकाे छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुल्यो (सुचनासहित्)

काठमाडौं- नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचना प्रकाशित गरी खुला

  • १९ घन्टा अघि
हिपत खबर
समाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले महाधिवेशनमा सहभागी नहुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।
एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एमालेको १०औं महाधिवेशन सुरु, हेरौ केही तस्विरहरु

नेृपाल कम्यूनिष्ट पार्टी एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एउटै मञ्चमा उभिएर देउवा र ओलीको अभिवादन

काठमाडौं – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोह जारी छ ।
समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
नयाँ कोविड-19 संस्करणले प्रतिरक्षा चोरी र विस्तारित ट्रान्समिसिबिलिटी देखाउन सक्छ, दक्षिण अफ्रिकी वैज्ञानिकहरूले चेतावनी दिए

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीले बिहीबार घोषणा गरे कि नयाँ कोरोनाभाइरस भेरियन्ट पत्ता लागेको छ जुन देशका केही भागहरूमा द्रुत रूपमा फैलिरहेको देखिन्छ।
“सुरुमा

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन मौसमविदको अनुरोध

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको हो । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।
‘देशभर चिसो

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दर्ता गरिएको जानकारी दिएको

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको महाधिवेशनमा कार्यकर्ता ओसार्न स्कुल बसको प्रयोग

नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ । बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयको बस प्रयोग गरिएको हो ।
  • २१ घन्टा अघि
हिपत खबर
समाचार
घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा

  • २१ घन्टा अघि