मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपा एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे
समाचार

नेकपा एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे

  • सिधा दृष्टी बुधबार, कार्तिक २४, २०७८ | November 10, 2021

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाइ नगरपालिकाको स्टल बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । नेकपा एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले बुधबार एक विज्ञप्ति

जारी गर्दै स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । अतिथि बनाएको भन्दै सत्ता गठबन्धनले विरोध गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन तथा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो । प्रमुख अतिथिका रुपमा पोखरेललाई निम्त्याएपछि एमाले र सत्ता गठबन्धनका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।
जिल्ला सुरक्षा समिति सिन्धुलीको सिफारिस तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३क बमोजिल निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधित क्षेत्रमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै किसिमका सभा, समारोह तथा जुलुस गर्न नपाइने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय