• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताए
समाचार

सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताए

  • सिधा दृष्टी बुधबार, कार्तिक २४, २०७८ | November 10, 2021

सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन्।
सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको नेता सिंह बताउँनु भएकाेछ।
गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र ओैचित्य नरहेको बताए।
‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले भने।
गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए। ‘काम त

Real Shoes 1

सरकारले गर्नुपर्ने हो। तर समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उनले भने।

उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो।
‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ। प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने।
उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए। ‘न्यायलयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न।’
‘न्यायालयमा देखिएका समस्याको कारण जनतालाई असुविधा भएको छ । कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुख पाईरहेका छन् ।’ उनले भने ‘संविधानको भावना र मर्म अनुसार विधिसम्वत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ । अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ ।’
साथै नेता सिंहले बर्तमान परिस्थीतिमा अर्लिइलेक्शनको कुनै सम्भावना नभएको समेत बताए । उनले देशमा विविको शासन स्थापना गराउन र संविधानको रक्षाको लागि बर्तमान सरकार बनेकाले संबिधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुने बताए ।
‘कुनै व्यक्ति विशेष र पार्टी विशेषको रुचिमा अलिइलेक्शन हुँदैन । संविधानको व्यवस्था अनुसार निर्वाचन हुन्छ ।’ नेता सिंहको भनाई थियो ।
उनले आगामी निर्वाचनमा काँग्रेस एक्लै जनतामा जानुपर्ने धारणा समेत राखेका थिए । काँग्रेस जनताको पार्टी भएको र जनताले विश्वास गर्ने भएकाले आगामी चुनावमा काँग्रेसले गठबन्धन नगरि एक्ले जनतामा जानु पर्नेमा उनको जोड छ ।नेता सिंहले सत्तारुढ दलहरुले गठन गरेको उच्च स्तरीय राजनीतिक संयन्त्रको कुनै काम नभएको समेत बताए । उनले उक्त संयन्त्र सरकारलाई काम गर्न नदिने र नियन्त्रण गर्ने उदेश्यले स्थापना भएको समेत उल्लेख गरेका छन् ।
साथै कार्यक्रमा नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदान स्मरण गरेका थिए । कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाको लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको भन्दै नेता सिंहले गणेशमानले देखाएको बाटो बर्तमान काँग्रेसले पछ्याउनु पर्ने बताए । वि.सं २०४६ सालको परिवर्तन पछि तत्कालीन राजाबाट प्रधानमन्त्री हुने प्रस्ताव आउँदा अस्वीकार गरी गणेशमान सिंहले जनताले छानेका व्यक्ति प्रधानमन्त्री हुनुपर्दछ भन्ने सन्देश त्यतिबेला नै प्रवाह गरेको उनले बताए । नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको उनको शालिकमा माल्याअर्पण गरेका थिए ।
 

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुल्यो (सुचनासहित्)

काठमाडौं- नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचना प्रकाशित गरी खुला

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले महाधिवेशनमा सहभागी नहुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।
एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एमालेको १०औं महाधिवेशन सुरु, हेरौ केही तस्विरहरु

नेृपाल कम्यूनिष्ट पार्टी एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एउटै मञ्चमा उभिएर देउवा र ओलीको अभिवादन

काठमाडौं – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोह जारी छ ।
समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
नयाँ कोविड-19 संस्करणले प्रतिरक्षा चोरी र विस्तारित ट्रान्समिसिबिलिटी देखाउन सक्छ, दक्षिण अफ्रिकी वैज्ञानिकहरूले चेतावनी दिए

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीले बिहीबार घोषणा गरे कि नयाँ कोरोनाभाइरस भेरियन्ट पत्ता लागेको छ जुन देशका केही भागहरूमा द्रुत रूपमा फैलिरहेको देखिन्छ।
“सुरुमा

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन मौसमविदको अनुरोध

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको हो । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।
‘देशभर चिसो

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दर्ता गरिएको जानकारी दिएको

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको महाधिवेशनमा कार्यकर्ता ओसार्न स्कुल बसको प्रयोग

नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ । बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयको बस प्रयोग गरिएको हो ।
  • २२ घन्टा अघि
हिपत खबर
समाचार
घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा

  • २२ घन्टा अघि