मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसला सेटिङमा-केपी शर्मा ओली
समाचार

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसला सेटिङमा-केपी शर्मा ओली

  • सिधा दृष्टी सोमवार, कार्तिक २२, २०७८ | November 8, 2021

विराटनगर । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसला सेटिङमा गरेको बताएका छन् ।
सोमबार कार्यकर्ता भेलालाई सम्बोधन गर्न विराटनगर पुगेका ओलीले संसद विघटन बदरको फैसला सेटिङमा भएको अहिले आएर पोल खोलाखोल भएको बताए ।
उनले भने, ‘न्यायाधीशज्यूहरू अहिले आफैं भन्दै हुनुहुनुहुन्छ । सेटिङ रहेछ उहाँहरूबीच ।

कसका कसलाई मन्त्री बनाइदिने, कसका कसलाई राजदूत बनाइदिने, कसलाई पदक र तक्मा दिने । यो त देखिएको कुरा भयो । नदेखिएको के–के लेनदेन भयो अझै खुल्न बाँकी छ ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय