मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिए
समाचार

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिए

  • सिधा दृष्टी सोमवार, कार्तिक २२, २०७८ | November 8, 2021

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् ।
प्रदेश २ का ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा निर्वाचन अधिकृत तोकिएका नेपाली कांँग्रेसले जनाएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको छ । बाँकेमा रेवaतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज

श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन समितिले जनाएको छ ।यस्तै सप्तरीमा डा.रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत बनाएर पठाइएको छ । निर्वाचन अधिकृतहरु कात्तिक २२ गते तोकिएको जिल्लामा पुग्ने बताइएको छ । निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ गतेका लागि मिति तोकेको छ । २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा काँग्रेसको जिल्ला अधिवेशन भइसकेको छ भने ६४ जिल्लामा पालिका अधिवेशन पनि सकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय