मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • शुक्रबार विमानस्थलमा विमान अवतरण गरेपछि अवैध रूपमा स्पेन प्रवेश गर्न आएका २१ यात्रुहरु भागे
अन्तराष्ट्रिय

शुक्रबार विमानस्थलमा विमान अवतरण गरेपछि अवैध रूपमा स्पेन प्रवेश गर्न आएका २१ यात्रुहरु भागे

  • सिधा दृष्टी आइतवार, कार्तिक २१, २०७८ | November 7, 2021

एजेन्सी । स्पेनको विमानस्थलमा विमान अवतरण गरेपछि नयाँ घटना घटेको छ । शुक्रबार विमानस्थलमा विमान अवतरण गरेपछि अवैध रूपमा स्पेन प्रवेश गर्न आएका २१ यात्रुहरु भागेका छन् ।
स्पेन प्रवेश गर्न आएका ती यात्रुहरुलाई प्रहरीले घण्टै खोजेको थियो । भागेका यात्रुहरुमध्ये प्रहरीले ९ जनालाई मात्र पक्राउ गर्न सफल भएको थियो भने हालसम्म १२ जना फरार सूचीमा रहेको बीबीसीले जनाएको छ ।

class="o9v6fnle cxmmr5t8 oygrvhab hcukyx3x c1et5uql ii04i59q">

बीबीसीका अनुसार मोरक्कोको कासाब्लाङ्काबाट टर्कीको इस्तान्बुल उडेको विमानभित्र एक यात्रु बिरामी परेको सूचना आएपछि उक्त उडान पाल्म डे मयोर्कातिर मोडिएको थियो। तर, विमानले अवतरण गरेपछि २१ यात्रुहरू धावनमार्गबाट दौडेर विमानस्थलको तारबार नाघेर भागेका थिए।
बिरामी भनिएका ती व्यक्तिलाई अस्पताल लगेर चेकजाँच गर्दा कुनै अस्वस्थ रहेको नभेटिएको पनि बीबीसीले जनाएको छ । बीबीसीका अनुसार अवैध रुपमा स्पेन छिर्न ती सबै प्रपञ्च यात्रुहरुले रचेको पछि चाल पाइएको थियो ।
विमान अवतरण भएपछि यात्रुहरु अकस्मात् भागेका हुन् कि योजनाबद्ध रूपमा सबै गतिविधि भएका थिए भन्नेबार अहिले प्रहरीले छानबिन गरिरहेको भनिएको छ ।
बिरामी भएका ती यात्रुलाई विमानबाट निकाल्न आकस्मिक सेवाका कर्मचारीहरू विमानभित्र प्रवेश गरेका बेला २१ यात्रु भर्याङबाट ओर्लिएर भागेको भनिएको छ। यसकारण पनि यात्रुहरुले योजनाबद्ध रुपमा उक्त प्रपञ्च रचेको देखिनछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय