मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • चलचित्र ‘सत्यम्’ अब चाँडै छायांकनमा जाने तयारीमा
मनोरञ्जन

चलचित्र ‘सत्यम्’ अब चाँडै छायांकनमा जाने तयारीमा

  • सिधा दृष्टी आइतवार, कार्तिक २१, २०७८ | November 7, 2021

तिहार अगाडि वर्कशप सम्पन्न गरेको चलचित्र ‘सत्यम्’ टिम अब चाँडै छायांकनमा जाने तयारीमा छ । तर, चलचित्रका लागि अझै केही कलाकार भने फाइनल गरिएको छैन । चलचित्रमा नायक पल शाह र नायिका मलिका महत प्रेमी-प्रेमिकाको रुपमा देखिँदैछन् । यस्तै, चलचित्रमा खलपात्रको रुपमा नायक अनुपविक्रम शाहीले काम गर्दैछन् ।
चलचित्रका लागि राजेश हमालको अपोजिटमा दुई नायिकाको आवश्यकता पर्ने निर्देशक शंकर कार्कीले बताए । उनका

अनुसार राजेशकी प्रेमिकाको रुपमा मोडल नीलम चन्दलाई फाइनल गरिएको छ । नीलम ‘कल कान्तिपुर’की भीजे हुन् । यस्तै, उनले म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।

यस्तै, राजेशकी श्रीमतीको रुपमा भने नायिका निरुता सिंहलाई अफर गरिएको छ । निर्देशक कार्कीले निरुता सिंह सकारात्मक भए पनि पक्का भने भइनसकेको जानकारी दिए ।
उनले भने, ‘हामी चलचित्रलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी राख्दैनौं । यसका लागि हरेक भूमिकामा उत्कृष्ट कलाकारको छनोट गर्ने हाम्रो सोच हो ।’ रेशम सापकोटाले निर्माण गर्न लागेको यो चलचित्रलाई मुस्ताङ र पोखरामा खिचिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय