मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कोरोना महामारीका कारणदुई वर्ष देखि बन्द रहेको ईपीएस मङ्सिरदेखि खुल्ने
समाचार

कोरोना महामारीका कारणदुई वर्ष देखि बन्द रहेको ईपीएस मङ्सिरदेखि खुल्ने

  • सिधा दृष्टी आइतवार, कार्तिक २१, २०७८ | November 7, 2021

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) खुल्ने भएको छ । कोरोना महामारीका कारणदुई वर्ष देखि बन्द रहेको ईपीएस मङ्सिरदेखि खुल्ने भएको हो । यो सँगै ईपीएस मार्फत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान सक्नेछन् ।
आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएस प्रक्रिया खुला गर्न दक्षिण कोरियाले अनुमति दिइसकेको बताइएको छ । दक्षिण कोरियाले ईपीएसमार्फत विभिन्न १६ राष्ट्रबाट कामदार लैजादै आएको छ ।

उक्त १६ वटै मुलुकमा यो प्रक्रिया संचालनमा आउने कोरियाको श्रम मन्त्रालयले जनाएको छ । यो प्रक्रिया नोभेम्बर अन्तिम हप्ताबाट सुरु हुने मन्त्रालयले जनाएको छ ।
हरेक वर्ष दक्षिण कोरियाले ५० हजार भन्दा बढी कामदार ईपीएस मार्फत लैजाने गरेको छ । हाल ईपीएस प्रक्रिया बन्द रहदा दक्षिण कोरियमा कामदारको अभाव सृजना भइरहेका छन् ।
कोरोना भाइरस संक्रमणको दर घट्ने क्रममा रहेकाले ईंपीएस प्रकिया शुरु गर्न लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय