काठमाडौँ । नेपाल सम्वत ११४२ को अवसरमा प्रधानमन्त्री शेरबहादु देउवाले आज मध्यपुर थिमिको शंखधर चोकमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
माल्यार्पण कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल सम्वत ११४२ को सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिनुभयो । शंखधर शाख्वाको नाममा नयाँ थिमिको चोकलाई शंखधर चोक घोषण गर्ने पुर्व यर मदनकृष्ण श्रेष्ठलाई लगायत विभिन्न व्यक्तिहरुलाई समान-पत्र पनि प्रदान गरिएको थियो ।
त्यस्तै, आजै अर्को कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा पार्टीको महाधिवेशन हुने बताउँदै त्यसका लागि तयारीमा रहनु भननुभयो
नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको तिहार, नेपाल सम्वत ११४२ र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुने बताउदैं कसैको हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो ।
महाधिवेशन रोक्ने वा सार्ने पार्टी सभापतिको कुनै हात नरहने भन्दै यसको सम्पूर्ण जिम्मा निर्वाचन समितिको हातमा रहेकाले तोकिएकै समयमा महाधिवेशन गर्न प्रतिबद्ध रहेको उहाँले टिप्पणी पनि गर्नुभयो ।