मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • वडाध्यक्ष केसीले जग्गा प्लटिङलाइ सिफारिस दिँदा दहचोक सडक धरापमा
समाचार

वडाध्यक्ष केसीले जग्गा प्लटिङलाइ सिफारिस दिँदा दहचोक सडक धरापमा

  • सिधा दृष्टी बिहिबार, कार्तिक १८, २०७८ | November 4, 2021

वडाध्यक्ष केसीले जग्गा प्लटिङलाइ सिफारिस दिँदा दहचोक सडक धरापमा
काठमाडौं । राजधानी काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्वको १०० आकर्षक पर्यटकिय गन्तव्य क्षेत्रमा पर्ने इन्द्रस्थान क्षेत्रको पहुँचमार्ग खहरे–इन्द्रदह सडकलाई क्षति पुग्ने गरी तल्लो कार्कीमोड भन्ने स्थानमा जग्गा प्लटिङ गर्ने व्यवसायीले जमिन गहिर्याएका छन्।
कार्कीमोड भन्ने स्थानको कित्ता न. ३ क ४६१ रहेको जानकी लुइँटेलको नाममा

रहेको १३ रोपनी २ आना जग्गामा घडेरी बिकास गर्ने नाममा सडकभन्दा ७० फिट तलसम्म जमिन गहिर्याउँदा सो ऐतिहाहिक स्थान जोड्ने सडक नै धरापमा परेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ।

कांग्रेसको चन्द्रागिरी नगरपालिका १ नम्वर वडाकार्यसमितिका सभापति जगन्नाथ कार्कीले एक विज्ञप्ति जारी गर्दै सडक नै ध्वस्त पार्ने गरी घडेरी विकास गरेको प्रति दहचोकबासीको गुनासो र चिन्ताप्रति ऐक्यवद्धता जनाएका छन्।
स्थानीय दहचोकबासीले सो सडकमार्ग नै भासिने गरी जग्गा प्लटिङका लागि डोजर चलाएर जमिन गहिर्याउने कार्य बन्द गर्न चन्द्रागिरी नगरपालिका १ नम्वर वडा कार्यालय र नगरपालिका कार्यालयमा लिखित र मौखिक रुपमा पेश हुँदा समेत वडा कार्यालयले बेवास्था गरेको कार्कीले जनाएका छन्।
वडा कार्यालयले जग्गा प्लटिङ गर्ने पक्षलाई सहयोग पुर्याउने कार्य भईरहेको र घडेरी बनाउने जग्गाधनीले मजबुद टेवा पर्खाल लगाउन कुनै काम नगरी चन्द्रागिरी नगरपालिका १ नम्वर वडा कार्यालयले गत असोज २४ गते चलानी नं १२२६ को पत्रमार्फत सो जग्गा विक्री कारोबारका लागि मालपोत कार्यालय कलंकीलाई घरबाटो सिफारिस गरेर जनतालाई धोखाधडी गरी जालसाजपूर्ण काम भएकोले यसको भण्डाफोर गर्दछौं’, कांग्रेस वडा सभापति काकीले विज्ञप्तिमा जनाएका छन्।
जग्गा प्लटिङ गर्ने जग्गाधनीले सडकमा टेवा पर्खाल लगाएपछि पुरानो सिफारिस पत्रलाई रद्ध गरेर मात्र नयाँ घरबाटो सिफारिस गर्न कार्कीले वडा कार्यालयको ध्यानाकर्षण गरेका छन्। ‘जनताको रगत पसिनाबाट प्राप्त राजश्व एवम् बजेट कुत्सित भ्रष्टमानसिकताबाट बाहिर निस्केर आम दहचोकबासीको हितमा सदुपयोग गर्न समेत हामी ध्यानाकर्षण गर्न चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ।
१३ रोपनी जग्गा खरिद गरी भिरालो जग्गालाई सम्याएर घडेरी बनाएर प्रसस्त आर्थिक लाभ आर्जन गर्ने नाममा ऐतिहासिक तथा धार्मिक महत्वको दहचोक इन्द्रस्थान जोड्ने लाईफ लाईन सडकलाई भू–क्षय हुने गरी काम गर्दा समेत वडाध्यक्ष राजेन्द्र केसीले जनताको ध्यानाकर्षणलाई समेत वास्ता नगर्दा दहचोकबासी आक्रोसित भएका छन्।
तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष केसी जग्गा घडेरी बनाउने सिग्देलेको प्रभाव, प्रलोभन वा आश्वासनबाट प्रभावित भएको भन्दै दहचोकबासीले आक्रोस व्यक्त गरेका छन्। वडाध्यक्षको यस्तो कार्यलाई हरिशरणा थापा, कविराज खड्का, अवन्ति सिग्देल लगायतले साथ र समर्थन दिएको स्थानीयबासीको गुनासो छ। साभारः नयाँ बिकल्प

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय