मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
Uncategorized

के हो यमपञ्चक को अर्थ

  • सिधा दृष्टी बिहिबार, कार्तिक १८, २०७८ | November 4, 2021

काठमाडौं, कात्तिक १८ गते । पाँच दिनसम्म चल्ने तिहारको नाम शास्त्रीय भाषामा यमपञ्चक भनिन्छ। यमको अर्थ धर्म, धर्मको अर्थ विधान–आचरसंहिता हो । संस्कृतिविद् डा। जगमान गुरुङले यमपञ्चक भनेको शास्त्रीय नाम रहेको बताउनुहुन्छ ।
संस्कृतिविद् गुरुङले यमपञ्चकमा नेपालमा विभिन्न पशुपंक्षिको नामबाट तिहार मनाइने गरेको बताउनुभयो । ‘वेदले सम द्विपदे सम चर्तुथपदे भन्छ

। द्विपदे भनेको– दोपाया, मान्छे सम–कल्याण होस् । चतुर्थपदे– चौपायाबाट पनि कल्याण होस्, उसको पनि सुःख होस्,’ उहाँले भन्नुभयो ।

काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र मान्छे तिहार भनेको भाई टीका । यमपञ्चकको पाँच दिनले मानिसको सभ्यता र संस्कृतिको विकास क्रमलाई दर्शाउँछ । ‘मानिस पहिले घुमन्ते जिवन बिताउने गर्थे, उनीहरुको स्थायी घरवास थिएन ।
त्यसपछि मानिसले सिकार खेलेर जीवनयापन गर्न थाले । त्यसपछि पशुपालनको अवस्था, त्यसपछि कृषि र त्यसपछि मात्रै सभ्य र संस्कृत मानिस भएर आयो,’ उहाँले भन्नुभयो । काग तिहारले मानिसको घुम्ने जिवनलाई अंकित गर्ने गरेको उहाँले बताउनुभयो ।
त्यस्तै, कुकुर तिहारले सिकारी अवस्था, गाई तिहारले पशुपालन, गोरु तिहारले कृषि र मान्छे तिहार अर्थात् भाई टीकाले सुसभ्य र सुसंस्कृति धर्ममा आधारित मानव जीवनलाई दर्शाउन मनाइएको उहाँ बताउनुहुन्छ ।
1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय