• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • विभिन्न कार्यक्रम गरी महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती मनाइँदै
समाचार

विभिन्न कार्यक्रम गरी महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती मनाइँदै

  • सिधा दृष्टी बिहिबार, कार्तिक १८, २०७८ | November 4, 2021

विभिन्न कार्यक्रम गरी महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं,कार्तिक १८गते। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा

Real Shoes 1

भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे ।
विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएका देवकोटाको अविस्मरणीय देन मानिन्छ ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो ।
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने

काठमाडौं : कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन- नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य

  • १८ घन्टा अघि
हिपत खबर
समाचार
महिलाहरुलाई केन्द्रीय सदस्यमा मात्रै सीमित पारिएको भन्दै तुम्बाहाङफेको आपत्ति

काठमाडौं – नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
एमालेको विधान

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
बद्री पाण्डेले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा सोमबार पत्रकार भेटघाट आयोजना गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनपश्चात गंगालाल अस्पतालले पीसीआर परिक्षण शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीले

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने

काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा. सुनिल

  • २४ घन्टा अघि
हिपत खबर
समाचार
राजेन्द्र लिङ्देनका लागि भोट माग्दै नायिका रेखा थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको सुरु हुन लागेको केन्द्रीय एकता महाधिवेशनमा अध्यक्ष पदका लागि धमाधम उम्मेदवारी घोषणा हुँदैछ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका राजेन्द्र लिङ्देनले

  • २४ घन्टा अघि
हिपत खबर
समाचार
ओलीको केन्द्रीय सदस्य सूचीमा कोमल वलीदेखि मोती दुगडसम्म

एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् ।

  • १ दिन अघि
हिपत खबर
समाचार
प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले

  • १ दिन अघि